Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “सार्वजनिक सडक ऐन, २०३१” रहेको छ ।
(२) यो ऐन नेपाल……..भर लागू हुनेछ ।
(३) यस ऐनको परिच्छेद –४ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि तोकेको ईलाका वा क्षेत्रमा प्रारम्भ हुनेछ र अरू दफाहरू तुरुन्त प्रारम्भ हुनेछन् ।